काठमाडौं- जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजी १ः०.६५ अनुपातमा अर्थात ६५ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।
अब कम्पनीले आफ्ना सेयरधनीहरुलाई २४ करोड १४ लाख १० हजार रुपैयाँबराबरको हकप्रद सेयर निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ।
कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
प्रतिक्रिया