सगरमाथा जलविद्युत कम्पनीले हकप्रद सेयर जारी गर्न सेबोनसँग माग्यो अनुमति

मंगलबार, २७ जेठ २०८२, १३ : ४७

काठमाडौं- सगरमाथा जलविद्युत कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै हकप्रद सेयर जारी गर्न अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ।

कम्पनीले आफ्ना सेयरधनीहरुलाई १ अर्ब १७ करोड ३२ लाख रुपैयाँबराबरको हकप्रद ल्याउन अनुमति मागेको छ। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड १७ लाख ३२ हजार कित्ता जारी गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ पुग्नेछ। 

कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

 

मंगलबार, २७ जेठ २०८२, १३ : ४७

प्रतिक्रिया