सेयर बजार

नेप्सेमा २५.०७ अंकको वृद्धि, १० अर्ब १६ करोड माथिको कारोबार

मंगलबार, २७ जेठ २०८२, १५ : १६

काठमाडौं- साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक २५.०७ अंकले बढेर २६७८.१७ को विन्दुमा कायम भएको छ । 

आज नेप्सेमा कारोबार भएका ३११ कम्पनीको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १६ करोड माथिको सेयर कारोबार भएको छ । 

यसदिन एचआइडीसीएलको संस्थापक सेयर सबैभन्दा धेरै ५८ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । त्यसपछि समृद्धि फाइनान्सका लगानीकर्ताले ७.८५ प्रतिशत र जानकी फाइनान्सका लगानीकर्ताले ६.९४ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन रावा इनर्जीका लगानीकर्ताले ६.२० प्रतिशतका दरले गुमाएका छन् । 

मंगलबार, २७ जेठ २०८२, १५ : १६

प्रतिक्रिया