आईपीओ निष्कासन गर्दै होटल गरिमा लिमिटेड

बुधबार, २८ जेठ २०८२, १३ : ३८

काठमाडौं- होटल गरिमा लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

यसका लागि होटल गरिमाले एनआइएमबि एस क्यापिटल लिमिटेडसँग रोडम्याप सम्झौता गरेको छ। होटल गरिमाका तर्फबाट प्रबन्ध निर्देशक विनोद पौडेल र एन्आइएमबि एस क्यापिटलका तर्फबाट डेप्यूटी सीईओ सचिन्द्र ढुंगानाले रोडम्यापका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार क्यापिटलले आईपीओ सम्बन्धी विषयमा कर्पारेट सल्लाहकारको भूमिकामा होटल गरिमा लिमिटेडलाई आवश्यक परामर्श र सहायता प्रदान गर्नेछ।

बुधबार, २८ जेठ २०८२, १३ : ३८

प्रतिक्रिया