काठमाडौं- आईएसओ प्रमाणित कम्पनी एभरेष्ट कलरले सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री गर्ने भएको छ । यसका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटलसँग प्रत्याभूति सम्झौता गरेको हो ।
सम्झौतामा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुइँटेल र प्रत्याभूतिकर्ताको तर्फबाट लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बुधबार हस्ताक्षर गरेका हुन् ।
कम्पनीले निकट भविष्य ७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।
स्वदेशी युवाहरूको लगानीमा स्थापित यस कम्पनीले भौतिक संरचनामा गुणस्तरीय कलर प्रयोग गराई आयात प्रतिस्थापन गर्ने, रोजगारी सृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्याई देशको सेवा गर्ने उद्देश्य लिएको छ ।
प्रतिक्रिया