काठमाडौं- स्वरोजगार लघुवित्तले ५४ हजार ४६४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
जसमा ३३ हजार ९६४ कित्ता सेयरमा संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ तोकेको छ ।
सेयर खरिद गर्न इच्छुक आवेदनकर्ताले आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
यस्तै २० हजार ५०० कित्ता सेयरमा भने सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । सर्वसाधारणका लागि बिक्री खुला गरिएको सेयरको मूल्य भने तोकिएको छैन ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (जेठ २९ गते) बाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, बनेपा–५ काभ्रेपलाञ्चोकमा आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया