आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीले मेडिसिटी हस्पिटलमा छुट पाउने

विहीबार, २९ जेठ २०८२, १४ : ०५

काठमाडौं— आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र मेडिसिटी हस्पिटलबीचको सहकार्यका लागि सम्झौता भएको छ । सम्झौताअनुसार अब कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले हस्पिटलको उपचार सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।  साथै, हेल्थ चेकअप प्याकेजहरूमा पनि विशेष सहुलियत प्रदान गरिने भएको छ।

छुट आईएमई लाइफको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाएर बीमितले प्राप्त गर्न सक्नेछन्। यस्तै, अभिकर्ता र कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र देखाएर छुट सुविधा उपयोग गर्न सक्नेछन्।

यस सहकार्यलाई व्यावसायिक सम्बन्ध सुदृढ गर्नुका साथै बीमित, अभिकर्ता र कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने प्रयासका रूपमा हेरेको कम्पनीले जनाएको छ।

विहीबार, २९ जेठ २०८२, १४ : ०५

प्रतिक्रिया