काठमाडौं- यस साता नेप्से परिसूचक १४.४२ अंकले बढेर २६५५.३८ विन्दुमा आईपुगेको छ। गत साता २६४०.९६ विन्दुमा बन्द भएको नेप्से यो साता १४.४२ अंकले बढेर २६५५.३८ को विन्दुमा पुगेको हो ।
यस साता सबै कारोबार दिन बजार खुल्यो । जसमध्ये दुई कारोबार दिन बजार बढ्दा तीन कारोबार दिन बजारमा गिरावट आएको थियो ।
यस साता औसतमा दैनिक ७ अर्ब २६ करोड माथिको कारोबार भएको थियो । आइतबार ९ अर्ब १३ करोडको, सोमबार ८ अर्ब ६८ करोडको कारोबार हुँदा मंगलबार १० अर्ब १६ करोडको कारोबार भयो । त्यस्तै, बुधबार ९ अर्ब ९० करोडको कारोबार भएको बजारमा बिहीबार भने १२ अर्ब ५१ करोडको कारोबार भयो ।
साताको पहिलो कारोबार दिन नेप्से ११.०६ अंकले घटेर २६२९.८९ कोको विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१३ कम्पनीको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन नेप्से २३.१९ अंकले बढेर २६५३.०९ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२४ कम्पनीको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से २५.०७ अंकले बढेर २६७८.१७को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको चौथो कारोबार दिन नेप्से १३.६९ अंकले घटेर २६६४.४७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन नेप्से ९.०८ अंकले घटेर २६५५.३८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको थियो ।
यस साता कुल बजार पुँजीकरण बढेर ४४ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया