ग्लोबल आइएमई समुन्नत योजनाको इकाई असार २२ गतेदेखि बिक्री खुला हुँदै

आइतबार, ०१ असार २०८२, ११ : २३

काठमाडौं- ग्लोबल क्यापिटलले असार २२ गतेदेखि ‘ग्लोबल आइएमई समुन्नत योजना’ को इकाई बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिइकाई १० रुपैयाँको दरले यो योजनाको इकाई बिक्री गर्न लागेको हो । 

जारी हुन लागेको १२ करोड इकाईमध्ये १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई, कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक लिमिटेडलाई १ करोड ६२ लाख इकाई छुट्याइएको छ । बाँकी १० करोड २ लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिनेछ । 

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यसमा छिटोमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै इकाई बिक्री नभएमा भने साउन ४ गतेसम्म खुला रहनेछ । 

यस योजनामा सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

आइतबार, ०१ असार २०८२, ११ : २३

प्रतिक्रिया