काठमाडौं- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएका ३०८ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४४ करोड माथिको सेयर कारोबार भएको छ ।
यसदिन सानिमा माई हाइड्रोको सबैभन्दा बढी ८९ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि ङादी ग्रुप पावरको ८७ करोड २० लाख रुपैयाँ र बुटवल पावर कम्पनीको ६४ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यस्तै पियोर इनर्जी र छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ४.४३ प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया