काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पिपुल्स पावर लिमिटेडको सेयर मूल्य समायोजन भएको छ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले कम्पनीको ५० प्रतिशत हकप्रद समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयर मूल्य ३६१ रुपैयाँ १३ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ४९१ रुपैयाँ ७० पैसाका आधारमा सेयर मूल्य समायोजन गरेको हो।
समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।
प्रतिक्रिया