सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै

बुधबार, ०४ असार २०८२, १२ : ४१

काठमाडौं- सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले असार २५ गते वार्षिक साधारणसभा बोलाएको छ। 

मंगलबार बसेको सञ्चालक समितिको बैठकले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने र बोनस सेयर वितरणसम्बन्धी प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो।

सभाबाट प्रस्ताव पारित भएपछि मात्र आईपीओ प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ। सभाले चुक्ता पूँजी वृद्धि गर्न बोनस सेयर वितरणको प्रस्ताव पनि पेस गर्नेछ। 

बुधबार, ०४ असार २०८२, १२ : ४१

प्रतिक्रिया