प्रभु स्टील्स एण्ड हाइड्रोको संस्थापक सेयर बिक्रीमा

बुधबार, ०४ असार २०८२, १५ : ०७

काठमाडौं- प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । 

हाललाई कम्पनीकै अन्य विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने गरि कम्पनीले उक्त सेयर बिक्रीमा राखेको हो । 

यस सेयरको बिक्रीमूल्य प्रतिकित्ता ६२.५ रुपैयाँ तोकिएको छ । सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले असार ३२ गतेभित्र आफूले खरीद गर्न चाहेको सेयर विवरण खुलाएर निवेदन दिनु पर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा सर्वसाधराणका लागि उक्त सेयर बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ । 

बुधबार, ०४ असार २०८२, १५ : ०७

प्रतिक्रिया