सिटिजन्स सदाबहार योजनाको इकाई असार १३ गतेदेखि बिक्री खुला हुँदै

विहीबार, ०५ असार २०८२, १२ : ००

काठमाडौं- सिटिजन्स क्यापिटलले ‘सिटिजन्स सदाबहार योजना’ को इकाई बिक्री खुला गर्ने भएको छ । क्यापिटलले असार १३ गतेदेखि सर्वसाधारणलाई प्रतिइकाई १० रुपैयाँको दरले यो योजना बिक्री गर्न लागेको हो । 

कुल ५ करोड इकाईमध्ये ७५ लाख इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनललाई सुरक्षित गरिएको छ । बाँकी रहेको ४ करोड २५ लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिने क्यापिटलले जनाएको छ । 

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

यस योजनामा छिटोमा असार १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै इकाई बिक्री नभए असार २७ गतेसम्म आवेदन खुला रहनेछ । 

यसका लागि सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

विहीबार, ०५ असार २०८२, १२ : ००

प्रतिक्रिया