शुभश्री अग्नि सिमेन्टले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

विहीबार, ०५ असार २०८२, १२ : २१

काठमाडौं- शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले २ करोड २ लाख १० हजार कित्ता आईपीओ बिक्रीका लागि अनुमति मागेको हो । 

बोर्डबाट अनुमति पाएपछि कम्पनीले २ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीले यो आईपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा बिक्री गर्नेछ  ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ ।
 

विहीबार, ०५ असार २०८२, १२ : २१

प्रतिक्रिया