सेयर बजार

साताभर २६.४७ अंकले घट्यो नेप्से, कुन दिनको कारोबार कति ?

शनिबार, ०७ असार २०८२, ११ : ५३

काठमाडौं- यस साता नेप्से परिसूचक २६.४७ अंकले घटेर २६२८.९१ विन्दुमा आईपुगेको छ। गत साता २६५५.३८ विन्दुमा बन्द भएको नेप्से यो साता २६.४७ अंकले घटेर २६२८.९१ को विन्दुमा पुगेको हो ।

यस साता सबै कारोबार दिन बजार खुल्यो । जसमध्ये दुई कारोबार दिन बजार बढ्दा तीन कारोबार दिन बजारमा गिरावट आएको थियो । 

यस साता औसतमा दैनिक १० अर्ब ५२ करोड माथिको कारोबार भएको थियो । आइतबार ११ अर्ब ४४ करोडको, सोमबार १३ अर्ब १८ करोडको कारोबार भयो । मंगलबार कारोबार ७ अर्ब ६५ करोडमा झरेको थियो । यस्तै बुधबार ९ अर्ब ८ करोड र बिहीबार ११ अर्ब २३ करोडको कारोबार भयो ।

साताको पहिलो कारोबार दिन नेप्से ०.४७ अंकले बढेर २६५५.८५ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको दोस्रो कारोबार दिन नेप्से २.८० अंकले बढेर २६५८.६६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको  ३१८ कम्पनीको २ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से ३.९० अंकले घटेर २६५४.७५ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको  ३०६ कम्पनीको १ करोड ६४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन नेप्से १.०७ अंकले घटेर २६५३.६८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको थियो । 

साताको अन्तिम कारोबार दिन नेप्से २४.५९ अंकले घटेर २६२८.९१ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको थियो ।

यो साता कारोबार रकम उल्लेख्य रुपमा बढेको छ ।

शनिबार, ०७ असार २०८२, ११ : ५३

प्रतिक्रिया