विश्व संगीत दिवसको अवसरमा प्रताप दास र गीता पाण्डेको स्वरमा 'यो मन’ सार्वजनिक

मंगलबार, १० असार २०८२, १६ : ५२

काठमाडौँ– संगीतले नयाँ ऊर्जा दिन्छ भने गीत, संगीत, कलाले जीवन बाँच्ने सुन्दर बाटो दिन्छ । कर्णप्रिय प्रेमिल युगल गीत विश्व संगीत दिवसको अवसर पारेर ’यो मन’ गीत  सार्वजनिक भएको छ । गायक प्रताप दास र गायिका गीता पाण्डेको सुमधुर आवाजमा रहेको बिल्कुलै नयाँ गीत ’यो मन’ को म्युजिक भिडियो सार्वजनीक भएको छ । 

मायाप्रेम भाव प्रकट गर्ने गीतमा वरिष्ठ गीतकार प्रमोद ढुङ्गानाको शब्द रचना अनि मनोज चौलागाईको संगीत साथै संगीत संयोजन साथै प्रकाश मिश्रको मिक्सिङ रहेको छ यस गीतको म्युजिक भिडियोमा रोजेन सुन्दास र स्मृति श्रेष्ठले स्क्रिन सेयर गरेका छन् । युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ ।

नितीन चन्द यस गीतको म्युजिक भिडियो निर्देशन हुन् । यस गीतको म्युजिक भिडियोलाई अभय चौधरीले छाँयाङकन अनि सहायक निर्देशन चिरन्जिबी पौडेलले र लक्ष्मी शाहीले सम्पादन गरेका छन । यस भिडियोलाई गीता पाण्डे युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
 

 
मंगलबार, १० असार २०८२, १६ : ५२

प्रतिक्रिया