काठमाडौं- खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति पाएको छ ।
यस कम्पनीले १ः१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद जारी गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम बैंकको ऋण तिर्नका लागि प्रयोग गर्ने जनाएको छ ।
हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहको छ । हकप्रद बिक्रीपछि कम्पनीको पुँजी ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सिटिन्स क्यापिटल रहेको छ ।
प्रतिक्रिया