गायक जनार्दन ढकालको नयाँ गीत ‘तिमी आउन’ सार्वजनिक (भिडियो)

बुधबार, ११ असार २०८२, १३ : ०२

काठमाडौं— गायक जनार्दन ढकालको शब्दरचना तथा स्वरले सजिएको नयाँ गीत ‘तिमी आउन’ सार्वजनिक भएको छ। 

गीतमा संगीत संयोजन, मिक्सिङ र मास्टरिङको जिम्मा विश्व अधिकारीले सम्हालेका छन् भने भिडियोलाई च्याम खुसेले निर्देशन गरेका छन्। भूपेन राजवंशीले ओपल म्युजिक स्टुडियोमा रेकर्ड गरेका यस गीतमा विश्व अधिकारीकै गिटारको मधुर धुनले भावनालाई अझ जीवन्त बनाएको छ।

भिडियोमा गायक ढकाल स्वयं र मालिका राईको अभिनय छ, जहाँ प्रेम र प्रतीक्षाको संवेदना दृश्यमार्फत प्रस्तुत गरिएको छ। छायांकनदेखि सम्पादनसम्मको सम्पूर्ण दृश्य संयोजनमा भूपेन राजवंशीकै योगदान छ। च्याम खुसे मेकअप आर्टिस्टका रूपमा प्रस्तुत छन् भने शंकर लिम्बू फोम्बो र सुजन भण्डारीले प्रोडक्सन सहायकको भूमिका निर्वाह गरेका छन्।

गीतले आत्मीयतालाई उजागर गर्दै हरेक श्रोताको मनछुने स्रष्टा ढकालको विश्वास रहेको छ । 

 

बुधबार, ११ असार २०८२, १३ : ०२

प्रतिक्रिया