छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थपियो

विहीबार, १२ असार २०८२, १० : ५४

काठमाडौं- छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । 

कम्पनीले आजसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो । यसमा अब असार २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

छ्याङ्दी हाइड्रोपावरले जेठ २३ गतेदेखि १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो । 

हाल छ्याङ्दी हाइड्रोपावरको चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ । हकप्रदपछि पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

यस हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौं र ग्लोबल आइएमई बैंककै तोकिएको शाखा कार्यालयबाट यसमा आवेदन दिन सकिनेछ । 

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । 
 

विहीबार, १२ असार २०८२, १० : ५४

प्रतिक्रिया