सेयर बजार

नेप्सेमा ४.४५ अंकको गिरावट, ७ अर्ब ७८ करोडको कारोबार

विहीबार, १२ असार २०८२, १५ : ३५

काठमाडौं- साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५.७४ को विन्दुमा कायम भएको छ । 

यसदिन नेप्सेमा ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७८ करोडको सेयर कारोबार भएको छ । 

आज ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक ९.१८ प्रतिशतका दरले कमाएका छन् । दोस्रोमा सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् । 

रिलायबल समृद्धि योजनाका इकाईधनीले ९ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन बुटवल पावर कम्पनीको ६२ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, राधि विद्युत कम्पनीको ३९ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
 

विहीबार, १२ असार २०८२, १५ : ३५

प्रतिक्रिया