काठमाडौं- सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ भोलि साउन १३ गतेदेखि सार्वजनिक निष्कासनमा आउने भएको छ।
यस योजना अन्तर्गत प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यका दरले ५ करोड इकाई निष्कासनमा आउनेछ। जसमध्ये ७५ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको कम्तीमा १५ प्रतिशत इकाई सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी रहेको कम्तीमा ४ करोड २५ लाख इकाई सार्वजनिक निष्कासन गर्न लागिएको हो।
यसमा घटीमा १०० इकाईका लागि र बढीमा ५० लाख इकाईसम्मका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा असार १७ गते र ढिलोमा असार २७ गते हुनेछ।
थप गरिएको बिक्री अवधिभर पनि कम्तीमा २ करोड ५० लाख इकाईका लागि आवेदन नपरेमा योजना खारेज गरी आवेदकको रकम फिर्ता गरिनेछ। तर मागभन्दा बढी आवेदन परेमा २५ प्रतिशतसम्म इकाई थप अर्थात् ६ करोड २५ लाख इकाई कायम गरेर बाँडफाँड गरिनेछ।
यसमा योजनाको अवधि वा परिपक्व अवधि लागू नहुने र बाँडफाँड भएको ३ महीनापछि खरीद–बिक्री गर्न सकिने जनाएको छ। यो धितोपत्र दोस्रो बजारमा सूचीकरण वा कारोबार नहुने तर आधिकारिक संस्थालाई वितरक तोकी खरीद बिक्री हुने व्यवस्था मिलाउने जनाएको छ।
प्रतिक्रिया