सन नेपाल लाइफको अवितरित हकप्रद सेयर बिक्रीमा

आइतबार, १५ असार २०८२, १० : ४२

काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलाम प्रक्रियामार्फत बिक्रीमा राखिएको छ। 

कम्पनीले कुल २ लाख २४ हजार ७२८ कित्ता सेयर लिलामी बिक्रीमा राखेको हो । जसमा ८० हजार २२२ कित्ता संस्थापक समूह र १ लाख ४४ हजार ५०६ कित्ता सर्वसाधारण समूहतर्फका छन्।

यी सेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमा बिक्रीका लागि उपलब्ध छन्। 

संस्थापक समूहतर्फका सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरू मात्रले आवेदन दिन पाउने छन्, भने सर्वसाधारण समूहका सेयरमा इच्छुक जो–कोहीले आवेदन दिन सक्नेछन्।

आइतबार, १५ असार २०८२, १० : ४२

प्रतिक्रिया