काठमाडौं- राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले असार १ गतेबाट निष्कासन गरेको हकप्रदमा असार २२ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले हाल कायम चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गरेको हो ।
जसअनुसार कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गरेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
कम्पनीले जेठ ६ गते बुक क्लोज गरेकोले जेठ ५ गतेसम्म कायम सेयरधनीहरुले यो कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन्।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ।
कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
प्रतिक्रिया