काठमाडौं- नवीन चौहान निर्देशित चलचित्र ‘ऊनको स्वीटर’ले प्रदर्शनको ५१ दिन मनाएको छ।
चलचित्र निर्माण टिमले शनिबार ५१ औं दिनको ‘सक्सेस सेलिब्रेसन’ आयोजना गरी केक काटेको हो ।
‘सक्सेस सेलिब्रेसन’ मा फिल्मका मुख्य कलाकार विपिन कार्की, मिरुना मगर, माओत्से गुरुङ, गायक सुजन तथा संगीतकार चापागाईंको उपस्थिति थियो।
चलचित्रले घरेलु बक्सअफिसमा १० करोड बढीको ग्रस कलेक्सन गरिसकेको छ। चलचित्र अहिलेपनि नेपालभरिका २५ भन्दा बढी हलमा प्रदर्शनरत छ।
प्रतिक्रिया