गार्डियन माइक्रो लाइफको सामूहिक लगानी कोषतर्फको सेयरको लकइन सकिंदै

सोमबार, १६ असार २०८२, १० : ५६

काठमाडौं- गार्डियन माइक्रो लाइफको सामूहिक लगानी कोषतर्फको १ लाख १२ हजार ५०० कित्ता सेयरको लकइन अवधि आउँदो साउन ४ गते सकिंदैछ।

कम्पनीले सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोषलाई छुट्याइएको सेयर ६ महिनासम्म लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम कम्पनीको सेयर लकइनमा रहेको थियो। संस्थापक र कर्मचारीतर्फको सेयर भने ३ वर्षसम्म लकइनमा रहनेछ।

कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। 

कम्पनीको सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ।

सोमबार, १६ असार २०८२, १० : ५६

प्रतिक्रिया