सेयर बजार

नेप्सेमा ९.१९ अंकको वृद्धि, ६ अर्ब ३८ करोडको कारोबार

सोमबार, १६ असार २०८२, १५ : ४३

काठमाडौं- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ९.१९ अंकले बढेर २६३१.४८ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा यसदिन ३१८ कम्पनीको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३८ करोडको सेयर कारोबार भएको छ । 

आज राप्ती हाइड्रोका लगानीकर्ताले सर्वाधिक ९.९७ प्रतिशतका दरले कमाएका छन् । दोस्रोमा धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.८० प्रतिशतका दरले कमाउँदा विन नेपाल लघुवित्तका लगानीकर्ताले ९.१६ प्रतिशतका दरले कमाएका छन् । 

सर्वाधिक गुमाउनेमा आज पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ४.९२ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन साहस ऊर्जा कम्पनीको सर्वाधिक ३६ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, सानिमा माई हाइड्रोपावर कम्पनीको ३१ करोड ४७ लाख र बुटवल पावर कम्पनीको ३० करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

 
 
सोमबार, १६ असार २०८२, १५ : ४३

प्रतिक्रिया