रक्सी कत्तीको पिउनुहुन्छ , जीन नै परिवर्तन गर्छ !

४ बर्ष अगाडि

एजेन्सी–साधारणतः हाम्रा भोजहरुमा एक अतिरिक्त पेयको रुपमा रक्सी या भनौं मादक पदार्थको प्रयोग गरिन्छ । कतिले आज एक दिन त हो नी भनेर पिउन शुरु गर्छन् । र यस्तो कालान्तरसम्म पुग्छ ।तर स्वयम रक्सी पिउनेहरुलाई पनि कति कुरा थाहा हुँदैन । रक्सीका कतिपय गुणहरु यस्ता हुन्छन् जुन् झट्ट सुन्दैमा विस्वास पनि लाग्दैन ।

अमरिकी खोज कर्ताहरुले रक्सीकै बारेमा अध्ययन एवम् खोज गर्ने क्रममा विभिन्न गुणहरु पत्ता लगाएका छन् ।शुरुमा उनीहरुले रक्सीको लत कसरी लाग्छ भन्ने विषयमा खोजी गरेका थिए । रक्सी पिउने बानी किन बस्छ वा पिउँ पिउँ किन हुन्छ भन्ने विषयमा वैज्ञानिकहरुले अध्ययन गरे ।

खोजका क्रममा यस्तो पाइयो की रक्सीमा मानिसको वंशाणुगत गुणसमेत परिवर्तन गर्न सक्ने गुण पनि हुन्छ ।अनुसन्धानमा संलग्न वैज्ञानिकहरु भन्छन् की रक्सीले मानिसहरुको जीन नै परिवर्तन गर्ने क्षमता राख्दछ । यसका कारण नै मानिसलाई रक्सीको लत बस्छ वा पिउँ पिउँ बनाइदिन्छ ।अमेरिकाको रटगर्स विश्वविद्यालयको अनुसन्धानले रक्सी पिउने लत किन बस्छ भन्ने कुराको जवाफ दिने त्यहाँका वैज्ञानिकहरूले बताएका छन्।

उक्त अध्ययनमा असाध्यै रक्सी पिउने र उत्सवमा पिउने गरी दुई क्याटगरीमा विभाजन गरिएको थियो । महिला र पुरुषको फरक फरक गरी अध्ययन गरिएको थियो ।असाध्यै रक्सी पिउने भन्नाले आठ गिलासभन्दा बढी पिउने महिला वा १५ गिलासभन्दा बढी पिउने पुरुष भनेर व्याख्या गरिएको छ । यस्तै उत्सवमा पिउने भन्नाले एक महिनामा एउटा उत्सवमा चार गिलास पिउने महिला वा पाँच गिलास पिउने पुरुष भनेर वर्गीकरण गरिएको छ।

अल्कोहोलिज्मः क्लिनिकल एण्ड एक्पेरिमेन्टर रिसर्च नामको जर्नलमा यो अध्ययन प्रतिवेदन प्रकाशन गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया