बालबाटिका स्कुलमा कालो ब्यानर

२ हप्ता अगाडि

काठमाडौँ - मोहन वैद्य निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले काठमाडौँको नेपालटारस्थित बालबाटिका स्कुलको मूल गेटमा  कालो ब्यानर लगाएको छ । 

विद्यालयले दिनुपर्ने १० प्रतिशत छात्रवृत्ति दुरुपयोग गरेको-नदिएको, मासिक शुल्क बराबर भर्ना शुल्क लिन पाइने काठमाडौँ महानगरको सूचना विपरीत विद्यार्थीबाट मनोमानी भर्ना शुल्क असुली गरेको, विद्यार्थीहरूबाट पाठ्यपुस्तक, पोसाक र स्टेस्नरीको नाममा कमिसन खाने गरेको, नियम विपरीत अन्तर्राष्ट्रिय विद्यालयको नाममा भ्रम छरेर विद्यार्थी र अभिभावकमाथि ब्रह्मलुट गरिरहेको, विभिन्न बहानामा विद्यार्थीबाट मनोमानी शुल्क असुल्ने गरेको, शुल्क उठाउने नाममा विद्यार्थी तथा अभिभावकलाई मानसिक रूपमा यातना दिने गरेकोले कालो ब्यानर लगाइएको सङ्गठनले जनाएको छ ।

नेपालको संविधानको भाग–३, धारा ३१ विपरीत शिक्षालाई निजीकरण, व्यापारीकरण तिर उद्वेलित गरेको र क्रान्तिकारी विद्यार्थी आन्दोलनका विरुद्ध विगतदेखि राज्यसयन्त्रको दुरुपयोग गरेर आन्दोलनलाई बदनाम गर्ने षड्यन्त्र गर्ने गरेको र सङ्गठन र विद्यार्थी आन्दोलनका विरुद्ध षड्यन्त्र गरेर सङ्गठनका केन्द्रीय सदस्य हस्त विकलाई गिरफ्तारी गराएको क्रान्तिकारीको आरोप छ ।
 

२ हप्ता अगाडि

प्रतिक्रिया