काठमाडौं– रसुवामा आएको बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् । यस्तै ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
चिनियाँ क्षेत्रमा भारी वर्षा भएसँगै गोसाइकुण्ड गाउँपालिका वडा नं।२ स्थित रसुवागढीमा एकाएक आएको बाढीमा परेर उक्त घटना भएको प्रहरीको भनाइ छ ।
बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी बगाई पुल पूर्ण रूपमा क्षति भएको छ । यससँगै मानिस र सवारी साधनमा आगत जावत बन्द भएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया