काठमाडौं– गाउँगाउँमा सिंहदरबार भनिए पनि स्थानीय तहमा भ्रष्टाचार निकै मौलाएको छ । महालेखा परीक्षकको प्रतिवेदनले समेत अधिकांश स्थानीय तहको बेरुजु देखाउनेले आर्थिक अनियमितताको ग्राफ निकै बढेको देखिन्छ ।
यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मर्चवारी गाउँपालिका–३ का वडा अध्यक्ष जनार्दन यादवलाई तीन लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार योजनाको भुक्तानी सिफारिस गर्ने प्रयोजनमा सेवाग्राहीसँग मोलमोलाइ गर्दै घुस लिइरहेका बेला यादवलाई पक्राउ गरिएको हो।
प्रहरी नियन्त्रणमा रहेका यादवमाथि थप अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ।
प्रतिक्रिया