सुशीलाको तीज गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक (भिडियो)

शनिबार, २१ असार २०८२, १३ : १०

काठमाडौं- नेपाली महिलाहरूको महान् पर्व तीजलाई लक्षितगरी गीत सार्वजनिक भइरहेका छन् । यस्तै सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक भएको छ । 

गीतको भिडियो सुशीला बस्नेत तिमिल्सिनाको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । नेपाली मौलिक शैलीमा तयार गरिएको यस गीतमा रावल जनकको शब्द र संगीत, सन्दीप कार्कीको एरेञ्ज र अडियो मिक्सिङमा विष्णु मानन्धर तथा मनोज परियारको छ । 

रेकर्डिङ नेपालका विक्रम थापा र अमेरिकाका ॐ कर्माचार्यले गरेका हुन् । भिडियो निर्देशन केशवराज भट्टले गरेका छन् भने जुना कार्की र नित्या शर्मा आचार्यको नृत्य रहेको छ ।

नेपाल र अमेरिका दुवै देशमा छायांकन गरिएको गीतले हरितालिका तीजको सांस्कृतिक महत्वलाई उजागर गरेको छ । सुशीला बस्नेतले यसअघि ‘राधा कृष्ण, तिम्रो मायाको, मेरी माँ’ जस्ता गीतहरू सार्वजनिक गरेकी छिन् । 

 

 
 
शनिबार, २१ असार २०८२, १३ : १०

प्रतिक्रिया