काठमाडौं- पिपुल्स पावरले आज असार २२ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गरेको छ ।
कम्पनीले हाल कायम चुक्तापुँजी ६३ करोड २६ लाख रुपैयाँको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशतले हुन आउने ३१ करोड ६३ लाख रुपैयाँबराबरको हकप्रद सेयर बिक्री गर्न लागेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गरेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो सेयर’मार्फत पनि आवेदन दिन सक्नेछन्। यसका साथै धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका र प्रभु बैंकका शाखा इलाम, जावलाखेल, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट आवेदन दिन सक्नेछन्।
हकप्रद निष्कासनका लागि कम्पनीले असार २ गते बुकक्लोज गरेकाले असार ३ गते सम्म कायम सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन्।
यस हकप्रदमा साउन ११ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।
प्रतिक्रिया