काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिप्ला सेक्युरिटिज (स्टक ब्रोकर नं. २०) माथि कारबाही गर्दै कारोबार निलम्बन गरेको छ।
तोकिएको समयावधिभित्र राफसाफ तथा फर्छ्यौट कार्य नगरेको भनी सीडीएससीले ३ कार्य दिनका लागि कारोबार गराउनबाट वञ्चित गर्न नेप्सेलाई सिफारिस गरेको थियो।
सोही सिफारिसका आधारमा नेप्सेले भोलि असार २३ गतेदेखि लागू हुने गरी ब्रोकर नं. २० लाई ३ दिनसम्म कारोबार गर्न नपाउने गरी निलम्बन गरेको हो ।
प्रतिक्रिया