हिमालयन बैंकले असार ३२ गतेदेखि एफपीओ निष्कासन गर्ने

मंगलबार, २४ असार २०८२, ११ : १३

काठमाडौं- हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ । 

यस बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्न लागेको हो । जसअनुसार बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ जारी गर्न छ । बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गर्न लागेको हो । 

यस एफपीओमा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ । 

एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । 

एफपीओ निष्कासन अवधि छिटोमा साउन ४ गते तोकिएको छ । यस समयमा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि असार १४ गतेसम्म लम्बिनेछ । 

 
मंगलबार, २४ असार २०८२, ११ : १३

प्रतिक्रिया