बोश नेपाल डिजिटलले मेकानिक लक्षित ‘हाम्रो बोश’ कार्यक्रम ल्याउने

मंगलबार, २४ असार २०८२, १५ : ५५

काठमाडौं– अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’ सुरुवात भएको घोषणा गरेको छ । 

बोशको नेपालका लागि आधिकारिक वितरक सत्यदीप इन्टरनेशनलसंगको सहकार्यमा सोमबार एक कार्यक्रम गरी कम्पनीले यसबारे जानकारी दिएको हो । काठमाडौंका स्थानीय मेकानिकलाई लक्षित गरी ल्याइएको यस कार्यक्रमले बोश ब्रान्डको स्पयेर पाट्र्सको बजारीकरणमा महत्त्वपूर्ण योगदान दिने विश्वास लिइएको छ । कार्यक्रममा स्थानीय वितरक, मेकानिक्स र बोश भारतका विशिष्ट व्यक्तित्वहरूसहित १५० जना बढी सहभागी थिए ।

नेपाली बजारकै लागि भनेर विशेष रूपले डिजाइन गरिएको यस एप बोश प्लेटफर्ममा दर्ता भएका मेकानिक्सलाई लक्षित गरी ल्याइएको हो । कार्यक्रममा बोल्दै बोश मोबिलिटी आर मार्केट भारतकी क्षेत्रीय अध्यक्ष तथा सार्क प्रमुख रिथी सेठीले नेपाल अटोमोटिभ आफ्टर मार्केट क्षेत्रको लागि एक महत्त्वपूर्ण बजार रहेको बताइन् ।

‘हाम्रो बोश’ कार्यक्रमले स्थानीय स्तरमा खुलेका ग्यारेजलाई ओरिजिनल बोश पार्टपुर्जाको बढ्दो प्रयोगको लागि आकर्षक अंक र प्रोत्साहन प्रदान गर्ने भएकाले यस मोबाइल एपमार्फत पोइन्टहरू ट्रयाकिङ र रिडिम गर्न सहज अनुभव प्रदान गर्ने उनको भनाई छ ।

बोश नेपालका कन्ट्री म्यानेजर सन्दीप कामतले नेपालमा उन्नत उत्पादनहरू र प्रविधिहरू परिचय गराउनमा बोश सधैं अग्रणी रहेको बताए । ‘हाम्रो बोश ले नेपालमा रहेका आफ्ना ग्राहकसँग बोशले जोडेको सम्बन्ध र विश्वासको भावनालाई प्रतिबिम्बित गर्दछ’ उनले भने ।

सत्यदीप इन्टरनेशनलका प्रबन्ध निर्देशक दिपेन्द्र मिश्रले २० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा बोशसंग आबद्ध हन पाउनु गर्बको विषय रहेको बताए । उनले भने, ‘अटोमोटिभ क्षेत्रको मुटु मानिने मेकानिक्सलाई लक्षित गरी यो डिजिटल पहल सुरु गर्न पाउँदा हामी हर्षित छौ । हाम्रो बलियो वितरण नेटवर्कका कारण यस कार्यक्रमले बोशको बजारीकरणमा सहयोग पुर्‍याउने छ ।’ 

अटोमोटिभ क्षेत्र बाहेक बोशले विश्वभर पावर टुल्स, बिल्डिङ टेक्नोलोजीज र बोश होम अप्लायन्सेसमा नवीन उत्पादनहरू बिक्री गर्दै आएको छ 

 
 
मंगलबार, २४ असार २०८२, १५ : ५५

प्रतिक्रिया