सिद्धार्थ क्यापिटलले म्युचुअल फन्ड बिक्री गर्नका लागि धितोपत्र बोर्डसँग माग्यो अनुमति

मंगलबार, २४ असार २०८२, १६ : २७

काठमाडौं- सिद्धार्थ क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल योजना बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

क्यापिटलले सिद्धार्थ इक्विटी फन्ड २ को १० करोड इकाई बिक्री गर्न अनुमति मागेको हो । अनुमतिपछि प्रतिइकाई १० रुपैयाँको दरले उक्त म्युचुअल फन्ड योजना जारी हुने कम्पनीले बताएको छ ।

सिद्धार्थ क्यापिटल यस फन्डको योजना व्यवस्थापक हो ।

 
मंगलबार, २४ असार २०८२, १६ : २७

प्रतिक्रिया