ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” इकाइमा आवेदन दिने म्याद थप

बुधबार, २५ असार २०८२, ११ : २०

काठमाडौं- ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘ग्लोबल आइएमई समुन्नत योजना–२’मा आवेदन दिने म्याद थपिएको छ।

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले असार २२ गतेदेखि खुला गरेको  यसको निष्कासन बन्द छिटोमा असार २५ गते हुने भनिएको थियो। तर, पर्याप्त आवेदन नपरेका कारण अब यस योजनामा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ। 

यो मितिभन्दा अघिसम्म पर्याप्त आवेदन परेको खण्डमा कुनै पनि दिन सूचना जारी गरी निष्कासन बन्द गरिने क्यापिटलले जनाएको छ।

मुख्य विशेषताहरू:

  • योजनाको प्रकार : बन्दमुखी योजना
  • फन्ड नाम : ग्लोबल आइएमई म्युचुअल फन्ड
  • योजना नाम : ग्लोबल आइएमई समुन्नत योजना २
  •  कोष आकार : प्रारम्भिक रू १.२० अर्ब (अत्याधिक माग भएमा रू १.५० अर्बसम्म)
  •   प्रति इकाई मूल्य : रू १०
  • सर्वसाधारणमा निष्काशन गरिने इकाइहरू : १२ करोड इकाईहरू
  • न्यूनतम लगानी : १०० इकाई
  • अधिकतम लगानी : योजनाको १० प्रतिशत अर्थात् १.२० करोड इकाई
  •  योजना अवधि : इकाई बाँडफाँड मिति देखि १० वर्ष
  • लाभांश नीति : प्राप्त मुनाफाबाट वितरण, बाँकी रकम पुन: लगानी
  •  सूचीकरण : नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीबद्ध
  • प्रारम्भिक लगानी : १५ प्रतिशत (फन्ड प्रायोजक र व्यवस्थापक)
  • व्यवस्थापन शुल्क : नेट सम्पत्ति मूल्यको १.५० प्रतिशत
  •  डिपोजिटरी शुल्क : नेट सम्पत्ति मूल्यको ०.२० प्रतिशत

लगानी मिश्रण

  • इक्विटीरइक्विटी सम्बन्धी साधनहरू : ७०–९० प्रतिशत (उच्च जोखिम)
  •  ऋणपत्रस् निश्चित आम्दानी साधनहरू : ०–१० प्रतिशत (मध्यम जोखिम)
  •  फिक्स्ड डिपोजिट : ०–१० प्रतिशत (न्यून जोखिम)
  • नगदरआईपीओरअन्य म्युचुअल फन्ड : ०–१० प्रतिशत (न्यून जोखिम)

लगानी प्रतिफल

क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाईधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् । 

यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण रहेको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरेको छ ।

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजनाहरु सञ्चालनमा छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुनर्खरीद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।

यस योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन् २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त बैंक रहेको छ जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।

यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।

यस योजनाको निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले आईआरएन एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ ।

 
बुधबार, २५ असार २०८२, ११ : २०

प्रतिक्रिया