काठमाडौं- चलचित्र विकास बोर्डले देशभरका प्रदर्शकलाई अनिवार्यरुपमा बक्सअफिस तथ्यांक उपलब्ध गराउन निर्देशन दिएको छ। बोर्डले एक पत्र लेख्दै देशभरका १६६ हललाई तथ्यांक पेस गर्न भनेको हो ।
चलचित्र विकास बोर्डले गत १६ असारमा रियल टाइम बक्स अफिस व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको थियो । प्रणाली सञ्चालनमा ल्याइए पनि देशभरका हलले तथ्यांक पेस नगरेका कारण शो प्रणालीले अझै काम गर्न सकेको छ ।
त्यसैले बोर्डका अध्यक्ष दिनेश डिरीले देशभरका प्रदर्शकलाई पत्र लेख्दै तथ्यांक उपलब्ध गराउन भनेका हुन् ।
बोर्डले प्रदर्शकको छाता संस्था चलचित्र संघलाई समेत पत्र लेखेको छ ।
प्रतिक्रिया