देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक (भिडियो)

विहीबार, २६ असार २०८२, ११ : ४५

काठमाडौं- सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक भएको छ । 

गायक रोशन टमट्टा र गायिका संगीतबडुवालको स्वरमा प्रस्तुत गीतले लोकशैलीमा आधारित समसामयिक सन्देश बोकेको छ । गीतका शब्द र संगीत स्वयं संगीत बडुवालले तयार गरेका हुन्। गीतको भिडियोमा दीपक संगम बिसी, मिराजविक्रम सिंह, संगीता बडुवाल, हेमराज अधिकारी (खन्ट्या खलास),गणेश जीसी र मीना बडुवालको अभिनय छ । 

मिराजविक्रम सिंहको निर्देशन र नृत्य निर्देशनमा तयार भएको भिडियोमा छायांकनर रंग संयोजन अमित बीकेले गरेका छन् भने दृश्य सम्पादन राजेश बोहराको रहेको छ ।  

यो गीतले विशेषगरी देउडागीतप्रेमी दर्शक–स्रोतामाझ लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ । गीतको भिडियो गायक रोशनको अफिसियल युट्यूबमार्फत सार्वजनिक भएको छ । 

 
 
विहीबार, २६ असार २०८२, ११ : ४५

प्रतिक्रिया