काठमाडौं- विकास हाइड्रोपावर कम्पनीको आईपीओ आगामी साता बाँडफाँड हुने भएको छ । कम्पनीले असार १८ गते देखि २२ गतेसम्म आम सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको थियो ।
कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओ अर्को साता मात्रै बाँडफाँड हुने भएको हो ।
कम्पनीले सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गरेको थियो । आईपीओमा अन्तिम समयसम्म २ अर्ब ५६ करोड २७ लाख ११ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार २१ लाख २० हजार ८५७ जनाले २ करोड ५६ लाख २७ हजार ११० कित्ताका लागि आवेदन दिएका थिए ।
मागभन्दा बढी आवेदन परेको हुँदा आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा २ लाख ९४ हजार २७६ जनाले १०/१० कित्ताका दरले सेयर हात पार्नेछन् ।
प्रतिक्रिया