काठमाडौं- साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० को विन्दुमा कायम भएको छ ।
नेप्सेमा यसदिन ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड माथिको सेयर कारोबार भएको छ ।
आज माई खोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ८.१५ प्रतिशतका दरले कमाएका छन् । यस्तै, मान्डु हाइड्रोपावरका लगानीकर्ताले ६.६७ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन एनआरएनको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ५७ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको हो । दोस्रोमा बुटवल पावर कम्पनीको ३२ करोड ७३ लाख रुपैयाँ र तेस्रोमा सानिमा बैंकको २६ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भयो ।
कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सर्वाधिक गुमाए । यस कम्पनीका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले गुमाएका हुन् ।
प्रतिक्रिया