यस साता दुई कम्पनीको सेयर नेप्सेमा सूचीकृत

शनिबार, २८ असार २०८२, १० : २६

काठमाडौं- यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई वटा कम्पनीको सेयर सूचीकृत भएको छ।

नेप्सेमा असार २२ गते आइतबार प्रभु महालक्ष्मी लाइफको साधारणसभाले पारित गरेको ८ प्रतिशत बोनस बापतको सेयर सूचीकृत भएको थियो।

कम्पनीको बोनस बापत सेयरधनीलाई बाँडेको ३७ लाख ८० हजार ४८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

त्यसैगरी असार २५ गते बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को हरित ऊजा ऋणपत्र नेप्सेमा सूचीकृत भएको थियो। त्यस दिन ७ वर्ष अवधि तथा ६ प्रतिशत ब्याजदर भएको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६% –२०८८८९’ सूचीकृत भएको हो।

यस बापत कुल ५० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यसलाई नेप्सेले एनआईएफआरएजीईडी संकेत दिएको छ।

 
शनिबार, २८ असार २०८२, १० : २६

प्रतिक्रिया