काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले आजदेखि ‘एसबीएल डिबेञ्चर २०९१’ बिक्रीमा ल्याएको छ।
यसअन्तर्गत बैंकले प्रतिडिबेञ्चर १ हजार रुपैयाँका दरले २५ लाख कित्ता डिबेञ्चर निष्कासन गर्नेछ। जसमध्ये १५ लाख कित्ता व्यक्तिगत तवरबाट निष्कासन गर्नेछ। यो १० वर्षे अवधि र वार्षिक ७.२५ प्रतिशत ब्याजदर भएको ऋणपत्र हो ।
यसरी बाँकी १० लाख कित्तामध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषलाई समेत गरी ९ लाख ५० हजार कित्ता सर्वसाधारणलाई निष्कासन गरेको हो। यसमा घटीमा २५ कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ।
निष्कासन बन्द छिटोमा असार ३२ गते हुनेछ तर सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन ११ गतेसम्म आवेदन अवधि लम्बिनेछ।
यसमा बालुवाटारस्थित बिक्री प्रबन्धक समेत रहेको एनएमबि क्यापिटल लिमिटेड, सिद्धार्थ बैंकको नक्सालस्थित केन्द्रीय कार्यालयका साथै बोर्डबाट सी–आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय र मेरो सेयर अनलाईनबाट पनि आवेदन दिन सकिनेछ।
प्रतिक्रिया