नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत

आइतबार, २९ असार २०८२, १६ : ५६

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । 

आज आइतबार नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनस सेयर वापत २४ लाख ६६ हजार ३६२ दशमलव ९१ कित्ता सेयर सूचिकृत भएको हो । 

सूचिकृत भएको सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 
आइतबार, २९ असार २०८२, १६ : ५६

प्रतिक्रिया