सेयर बजार

नेप्सेमा ३५.०९ अंकको गिरावट, ८ अर्ब १७ करोडमा झर्‍यो कारोबार

सोमबार, ३० असार २०८२, १५ : २५

काठमाडौं- साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५.७१ को विन्दुमा आएको छ । 

नेप्सेमा यसदिन ३२१ कम्पनीको २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १७ करोडको सेयर कारोबार भएको छ ।

आज माइखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५.९० प्रतिशतका दरले कमाएका छन् । केबिएल डिबेञ्चरका इकाईधनीले ५.७७ प्रतिशतका दरले कमाएका छन् । 

आज सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक ४.४६ प्रतिशतका दरले गुमाए । 

यसदिन एनआरएनको सर्वाधिक ४० करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसपछि बुटवल पावर कम्पनीको ३९ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

 
 
सोमबार, ३० असार २०८२, १५ : २५

प्रतिक्रिया