काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सोमबार दुई कम्पनीको १ करोड ७ लाख ७१ हजार ९२ कित्ता सेयर सूचिकृत भएको छ ।
नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर र नेपाल फाइनान्सको लिलामी प्रक्रिया मार्फत बिक्री गरिएको अवितरित हकप्रद सेयर सूचिकृत भएको हो ।
सन नेपाल लाइफको २७ प्रतिशत हकप्रद सेयर वापत १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ। त्यस्तै, नेपाल फाइनान्सको लिलामी प्रक्रिया मार्फत बिक्री गरिएको २ लाख ९९ हजार ५ सय कित्ता अवितरित हकप्रद सेयर सूचिकृत भएको हो ।
दुवै कम्पनीको सूचिकृत सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रतिक्रिया