काठमाडौं- हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओमा भोलि बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले कम्पनीको आईपीओ भोलि दिउँसो बाँडफाँड गर्ने तयारी गरेको हो ।
कम्पनीको आईपीओमा ७७ हजार ३९७ जनाले १०/१० कित्ताका दरले सेयर हात पार्नेछन् । जसमा सोहि मध्येका ५ जनाले भने थप १/१ कित्ता गरि ११ कित्ता पाउनेछन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये प्रथम चरणमा आयोजना प्रभावितका लागि १ लाख ८६ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार २५० कित्ता शेयर शेयर निष्कासन गरि बाँडफाँड गरिसकेको छ ।
कम्पनीले कर्मचारीका लागि १८ हजार ६५० कित्ता सेयर र सामुहिक लगानी कोषका लागि र ४६ हजार ६२५ कित्ता सेयर सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो ।
प्रतिक्रिया