काठमाडौं–टिकटकले शार्क ट्यांक नेपालसँगको आफ्नो औपचारिक साझेदारीको घोषणा गरेको छ । शोको बहुप्रतीक्षित पहिलो सिजनका लागि टिकटक एक्सक्लुसिभ मनोरञ्जन पार्टनर हुने भएको हो । यो साझेदारी नेपालकै मनोरञ्जन र उद्यमशीलताको क्षेत्रमा एउटा महत्वपूर्ण क्षणको रूपमा रहेको छ । शार्क ट्यांक नेपालले नेपाली दर्शकहरूलाई यो प्रतिष्ठित अन्तर्राष्ट्रिय फ्रेन्चाइज पहिलो पटक प्रस्तुत गर्दैछ ।
शोमार्फत स्थानीय उद्यमीहरूले शार्क भनिने अनुभवी लगानीकर्ताहरूको प्यानलसामु लगानी, मार्गदर्शन र राष्ट्रिय स्तरको मान्यता प्राप्त गर्ने अपेक्षासहित आफ्ना इनोभेटिभ आइडियाहरू पिच गर्ने अवसर पाउनेछन् ।
प्रतिक्रिया