चार नयाँ घातक यौनरोग: जनस्वास्थ्यका लागि गम्भीर खतरा

४ बर्ष अगाडि

भविष्यमा जनस्वास्थ्यका लागि गम्भीर खतरा बन्नसक्ने चार यौनरोगका विषयमा वैज्ञानिकले गहिरो अनुसन्धान सुरु गरेका छन् । यस्ता छन् यि चार रोगहरु :

१. निसेरिया मेनिन्जाइटाइड्स 
निसेरिया मेनिन्जाइटाइड्स जिवाणुबाट सर्ने गम्भीर समस्या हो। यसले मानिसको मस्तिष्क र मेरुदण्डका झिल्लीहरुमा कडा आक्रमण गर्छ। यो जिवाणुले मानिसलाई कडा किसिमको मेनिन्जाइटिस गराउँछ। मानिसको टाउकोभित्र मस्तिष्क छोप्ने एक खालको पर्दा (झिल्ली) हुन्छ, जसलाई मेनेन्जेज भनिन्छ।

यही मेनेन्जेजमा हुने संक्रमणलाई मेनिन्जाइटिस भनिन्छ। यो जिवाणु मुत्रनली र यौनांगमा सुरुमा संक्रमण गर्ने र त्यहीँबाट विकसित हुँदै अन्यत्र सर्ने गर्छ। त्यही कारण यो रोग मुत्रेन्द्रीयहरुमा संक्रमण गर्ने रोगका रुपमा परिचित हुँदै गइरहेको छ। (सन् १९७० मा भएको एक अध्ययनअनुसार एउटा भाले चिम्पान्जीले आफ्नो यौनांग आफ्नै मुखले चलाउँदा उसको नाक र घाँटीबाट मुत्रनलीमा संक्रमण भएको कुरा उल्लेख छ। ‘यो प्राणीले बारम्बार आफ्नो यौनांग चलाइरहन्छ’ लेखकहरुले भनेका छन्।)

अध्ययनहरुका अनुसार मानिसमा पनि गहिरो चुम्बन र मुख मैथुनमार्फत यो रोग सर्ने गर्छ। पाँचदेखि १० प्रतिशत वयस्कहरुको नाक र घाँटीमा निसेरिया मेनिन्जाइटाइड्स भएको हुन्छ। यस्तो अवस्थामा संक्रमितले आफ्नै यौनसाथीसँग गहिरो चुम्बन वा मुख मैथुन गरेमा यो रोग सर्नसक्छ।

यो डरलाग्दो संक्रमण कसरी युरोप, क्यानडा र अमेरिकाको समलैंगिक र अन्य पुरुषहरुमा फैलियो भन्ने विषयमा अनुसन्धानकर्ताहरु अझै निश्चित भने भइसकेका छैनन्। तर, एक जना हेटेरोसेक्सुअलसहित केही पुरुषहरुसँग गरिएको अध्ययनले मुख मैथुनका कारण संक्रमण सेरको भने देखाएको थियो।

सन् २०१५ मा विभिन्न अमेरिकी सहरमा फैलिएको मुत्रनली संक्रमणको निसेरिया मेनिन्जाइटाइड्समा नजिकको वंशाणुगत समानता भएको गोनोरियाको जिवाणुसँग उत्परिवर्तन (म्युटेसन) बाट भएको थियो। यसरी बनेको जिवाणु यौन सम्पर्कबाट सजिलै सर्ने वैज्ञानिकको भनाइ छ।

विश्वका धेरै स्थानमा फैलिएको निसेरिया मेनिन्जाइटाइड्सको संक्रमण ५ प्रकारका छन्। यी सबै प्रकारका संक्रमणलाई दुई वटा खोपले रोकथाम गर्न सहयोग पुर्‍याइरहेको वैज्ञानिकहरु बताउँछन्।

२. माइकोप्लाज्मा जेनिट्यालिअम
माइकोप्लाज्मा जेनिट्यालिअम सबैभन्दा सूक्ष्म ब्याक्टेरियामध्ये हो। तर यौन रोगहरुमा भने यसको संक्रमणले विश्वलाई नै ठूलो चिन्ता थप्दै गइरहेको छ।

यो ब्याक्टेरिया सन् १९८० मा पत्ता लागेको हो। हालसम्म हेर्दा यो ब्याक्टेरियाले दुई प्रतिशत मानिसलाई संक्रमण गर्ने अनुमान गरिएको छ। यो ब्याक्टेरियाले खासगरी किशोरकिशोरीलाई धेरै आक्रमण गरेको देखिन्छ। माइकोप्लाज्मा जेनिट्यालियम सङ्क्रमणमा धेरैजसो कुनै लक्षण देखिँदैन। पुरुषमा मुत्रप्रणालीमा निरन्तर असजिलो हुने र महिलामा गोनोरोहिया रोगजस्तै लक्षण देखिनसक्छ।

यसले महिलामा संक्रमण गरेर प्रजनन् प्रणालीलाई असर पार्नसक्छ। बाँझोपन हुने, गर्भ खेर जाने, समयअगावै बच्चा जन्मिने या मृत बच्चा जन्मिने खतरा हुन्छ।

कन्डोमको प्रयोगले यो संक्रमणबाट बचाउन सक्छ तर एन्टिबायोटिक एजिथ्रोमाइसिन र डक्सिसाइक्लिनले भने काम गर्दैन, जसले गर्दा स्वास्थ्यकर्मीहरू चिन्तित छन्।

पब्लिक हेल्थ सियटल एन्ड किङ काउन्टी एचआइभी र एसटिडी कार्यक्रमका निर्देशक म्याथ्यु गोल्डेन भन्छन्, ‘जति यो रोग औषधि प्रतिरोधी बन्छ, त्यति नै फैलँदै जान्छ।’

परीक्षणहरूले माइकोप्लाज्मा जेनिट्यालियमको संक्रमण फैलिनबाट रोक्न सकिन्छ। पिसाब र भजाइनल स्वाबको परीक्षणहरू गर्न सकिन्छ।

३. सिगेला फ्लेक्सनरी
सिगेलोसिस अथवा सिगेला डिसेन्ट्री मानिसको दिसासँगको प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कबाट फैलिन्छ। यो संक्रमणमा नराम्ररी पेट दुख्छ। रगत र मासी मिसिएको पखाला लाग्छ, जसले ब्याक्टेरिया फैलिन मद्दत पुग्छ। साना बालबालिका र न्यून तथा मध्यम आय भएका देशका घुमन्तेहरूमा साधारणतया देखिने भए पनि अनुसन्धानकर्ताहरूले महिला र पुरुष दुवैसँग यौन सम्पर्क राख्ने पुरुषमा यो रोग हुने गरेको गरेको पाएका छन्।

एस फ्लेक्सनरी भन्ने ब्याक्टेरियाले मलद्वार (मुख मैथुन गर्दा) संक्रमित गर्ने यो यौनरोगका कारण संसारभर पटकपटक महामारी फैलिएको वैज्ञानिकहरू विश्वास गर्छन्।

न्युयोर्कका डिपार्टमेन्ट अफ हेल्थ एन्ड मेन्टल हाइजिनका आयुक्त भन्छन्, ‘यौन सम्पर्कका माध्यमबाट सर्ने रोगहरू एन्टिबायोटिक प्रतिरोधी बन्दै गइरहेका छन्।’

उनले यो रोगको उपचारका लागि औषधिभन्दा पनि यसको पीडादायी तर केही समयमा निको हुने गुणको कारण सहनु ठिक हुने बताएका छन्।

४. लिम्फोग्र्यानुलोमा भेनेरम (एलजिभी)
वान मेडिकल क्लिनिकका डा क्रिस्टोफर सिसेल भन्छन्, ‘यो यौन सम्पर्कका माध्यमबाट सर्ने असाध्यै नराम्रो संक्रमण हुनसक्छ।’ एलजिभीले सुरूमा यौनांगमा फोका वा घाउ बनाउन सक्छ र त्यसपछि शरीरको लिम्फ्याटिक प्रणालीलाई असर पर्नसक्छ। मलद्वारमा संक्रमण भएमा यो मलद्वारको रोगजस्तै लाग्नसक्छ, जसले फिस्टुलाजस्ता गम्भीर दीर्घकालीन समस्या उत्पन्न गर्नसक्छ।

गएको दशकमा एलजिभी युरोप र उत्तरी अमेरिकामा बढ्दो देखिएको छ र यो समलिंगी वा अन्य पुरुषहरूमा अरू थुप्रै किसिमका रोग उत्पन्न गर्ने रोग भनेर चिनिन थालेको छ। यौन सम्पर्कका बेला कन्डोम लगाउने हो भने संक्रमणको खतरा कम हुनसक्छ। स्वास्थ्य खबरपत्रिकावाट साभार गरिएको

४ बर्ष अगाडि

प्रतिक्रिया